हतियार देखाउँदै फिरौती मागेका विप्लवका कार्यकर्ता २३ दिनदेखि हिरासतमा, सर्वोच्चको आदेशले पनि छुटेनन्
nepalpress.com · Mon Jun 15 14:00:53 GMT 2026

पोखरा । हतियार र बीभत्स मृत तस्बिर प्रदर्शन गर्दै फिरौती रकम माग गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता २३ दिनदेखि प्रहरी हिरासतमा छन् । सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले हिरासतमै राखेको हो ।
पक्राउ परेका माओवादीका स्थानीय कार्यकर्ता पोखरा महानगरपालिका– १७ का करिब ३० वर्षीय प्रकाश बास्तोला हुन् । उनले हतियार प्रदर्शन गर्दै २५ लाख रुपैयाँ फिरौती मागेको जाहेरीका आधारमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय, बैदामका डीएसपी नमराज भट्टराईले बताए । जेठ ९ गते साँझ पक्राउ परेका उनी अहिले पनि बैदाम प्रहरीको हिरासतमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)