रसुवा बाढीमा ३ स्वास्थ्य संस्था पूर्ण ध्वस्त, एउटामा आंशिक क्षति
swasthyakhabar.com · Thu Aug 27 08:02:03 GMT 2026

काठमाडौं - रसुवामा आएको बाढीका कारण तीन स्वास्थ्य संस्था पूर्ण रूपमा ध्वस्त भएका छन् भने एक स्वास्थ्य संस्थामा आंशिक क्षति पुगेको छ। स्वास्थ्य क्षेत्रको अवस्थाबारे बिहीबार दिउँसो १२ः१५ बजेसम्मको विवरणअनुसार रसुवाका स्याफ्रुबेसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी र रसुवागढीस्थित टिमुरे स्वास्थ्य डेस्क पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन्।
त्यस्तै धादिङको गल्छीस्थित बैरेनी अस्पतालमा आंशिक क्षति पुगेको छ। धादिङ अस्पताल र त्रिशूली अस्पतालमा भने बाढीका कारण स्वास्थ्य सेवा तथा पहुँचमा अवरोध भएको स्वास्थ्य क्षेत्रको अवस्थासम्बन्धी प्रतिवेदनमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)