१० वर्षीय बालकको हत्या घटनाका मुख्य अभियुक्त समातिए
barnanmedia.com · Mon Jul 06 23:37:21 GMT 2026

धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरीको हत्याका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ बस्ने खगेन्द्र भनिने २५ वर्षीय खेमराज कठायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार कठायतलाई भारततिर भाग्दै गरेको अवस्थामा धनगढी–२ को भन्सार रोडबाट पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)