रसुवा बाढीका मृतकप्रति नेपाल रत्न तथा आभूषण सङ्घद्वारा श्रद्धाञ्जली अर्पण
ratopati.com · Mon Sep 07 13:42:24 GMT 2026

काठमाडौँ। नेपाल रत्न तथा आभूषण सङ्घले रसुवामा हालै आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति साेमबार श्रद्धाञ्जली अर्पण गरेको छ। सङ्घले एक कार्यक्रमकाबिच बसन्तपुरमा दीप प्रज्वलन गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गरेको हो।
भदौ १० गते रसुवामा आएको बाढीले पुर्याएको अपूरणीय मानवीय क्षतिप्रति सङ्घले गहिरो दुःख व्यक्त गरेको छ। सङ्घद्वारा जारी शोक विज्ञप्तिमा भनिएको छ, 'रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।' बाढीमा परी घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)