सुरक्षित स्थानमा पुनरुत्थान अघि बढाउन राष्ट्रपतिको आग्रह
barnanmedia.com · Mon Sep 07 13:31:55 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित भएको रसुवा, नुवाकोटलगायत जिल्लाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिँदै सुरक्षित स्थानमा पुनरुत्थान कार्यक्रम सञ्चालन अघि बढाउन आग्रह गर्नुभएको छ ।
बाढीले पुर्याएको क्षतिपश्चात् अवस्थाको जानकारी लिन आज नुवाकोट आउनुभएका राष्ट्रपति पौडेलले अहिले भइरहेको खोज तथा उद्धारमा भएको प्रगतिको प्रशंसा गर्नुभयो । उहाँले राहत वितरण र होल्डिङ सेन्टर सञ्चालनको अवधि भने घटाएर क्रमशः पुनरुत्थानतर्फ लम्कनुपर्ने सुझाव दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)