अन्तर्राष्ट्रिय बजारमा नेपाली अचारको बढ्दो माग, इटाली बन्यो सबैभन्दा ठूलो खरिदकर्ता
kalakarmi.com · Fri Jun 05 09:23:44 GMT 2026

काठमाडौं- नेपाली परम्परागत स्वादको प्रतीक ‘अचार’ निर्यातमा यस वर्ष उल्लेख्य वृद्धि देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाखसम्मको १० महिनामा अचार निर्यात परिमाण र मूल्य दुवैमा तीव्र वृद्धि भएको हो ।
यस अवधिमा नेपालले कुल ३ लाख ९० हजार ५ सय ८४ किलो (करिब ३९० टन) अचार निर्यात गरी १९ करोड ६४ लाख ४५ हजार रुपैयाँ बराबरको वैदेशिक मुद्रा आर्जन गरेको छ । गत आर्थिक वर्ष सोही अवधिमा १ लाख ४२ हजार ३ सय २९ किलो (१४२ टन) अचार निर्यात भएको थियो, जसको मूल्य १२ करोड ५९ लाख ३१ हजार रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)