परिवार भन्छ, ‘घर खोज्न सके सास वा लास भेटिन्थ्यो’
gorkhapatraonline.com · Mon Sep 07 13:52:53 GMT 2026

गुल्मी, भदौ २२ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घाकी अनिता पुरी बस्ने टिमुरेको घर बगरको बिचमा अझै उभिएको छ । घटना भएदेखि आजसम्म पुरीको परिवारले त्यहि घरको फोटो सामाजिक सञ्जालमा राखेर खोजीको लागि आग्रह गरिरहेको छ । सुरुमा नजिकका सबै संरचना बगाएर लामो समय दलदल मात्रै बाँकी थियो । तर, अहिले घरमा पुगेर खोज्ने अवस्था हुँदा पनि सरकारको तर्फबाट काम नभएको परिवारको आरोप छ । अनिता नायव सुब्बा हुनुहुन्थ्यो ।
उहाँ रसुवा भन्सारमा पुगेका महिना दिन मात्रै भएका थियो । गत भदौ १० गते बिहान घर जाने योजनामा रहनु भएकी अनितालाई नियतीले फर्किन दिएन । बाढीले टिमुरे बजार पुरेपछि उहाँको १३ औ दिनसम्म कुनै अत्तोपत्तो छैन् । अनिता बस्ने टिमुरेको घर नढलेको र मान्छेहरु अझै जिवित फेला परेकाले छोरीलाई घरमै गएर खोजी गरिदिन बुवा शेष नारायण पुरीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“सरकारले घरको कोठा खोजिदिए सास वा लास भेटिन्थ्यो आशाहरु मरेका छैनन । मान्छेहरु भेटिन थालेकाले छोरीको माया मारेका छैनौ ।” शेषनारायणका तीनै जना छोरीहरु सरकारी सेवामा हुनुहुन्छ । अनिता निजामती, गीता र बहिनी सृजना पुरी नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)