लको दु:खमा मलेसिया प्रधानमन्त्रीको ठुलो साथ: १२.४ टन उद्धार सामग्री,१५ करोड र SMART टोली आइपुग्यो नेपाल !
barnanmedia.com · Mon Sep 07 13:49:14 GMT 2026

विनाशकारी बाढी र पहिरोको चपेटामा परेको नेपालमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन मलेसियाको विशेष टोली SMART (Special Malaysia Disaster Assistance and Rescue Team) काठमाडौँ आइपुगेको छ। रोयल मलेसियन एयर फोर्सको विशेष A400M विमानमार्फत ११ सदस्यीय दक्ष टोली १२.४ टन अत्याधुनिक उपकरणसहित नेपाल ओर्लिएको हो।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको सरकारले विपद् व्यवस्थापनका लागि १० लाख अमेरिकी डलर (करिब १५ करोड रुपैयाँ) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। टोलीले उच्च प्रविधिको ड्रोन, मानिस पत्ता लगाउने सेन्सर, सञ्चार प्रणाली, सुरुङ उद्धार उपकरण र ४-पाङ्ग्रे सवारीसाधनसहित १० दिनसम्म उद्धार कार्य सञ्चालन गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)