गभर्नर बिग्रिँदा हुम्ला पाँच दिन अन्धकारमय, म्यानुअलबाट दैनिक तीन घण्टा बत्ती बाल्ने तयारी
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

हुम्ला । नेपाल विद्युत् प्राधिकरणको हिल्दुम साना जलविद्युत् आयोजनाको सञ्चालनरत मेसिनको गभर्नरमा खराबी आएपछि पाँच दिन रोकिएको विद्युत् सेवा आजदेखि म्यानुअल रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्राविधिक टोली आएर मेसिन मर्मत नगर्दासम्म नियमित विद्युत् उत्पादन सम्भव नभएपछि हिल्दुम विद्युत् वितरण केन्द्रले वैकल्पिक व्यवस्थाका रूपमा म्यानुअल प्रणालीबाट दैनिक कम्तीमा तीन घण्टा विद्युत् उपलब्ध गराउने तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)