चालीस वर्षको उमेरमा पनि मोड्रिचको खेल जीवन निरन्तरता
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026
काठमाडौँ । क्रोएसियाका कप्तान तथा स्टार खेलाडी लुका मोड्रिचले ४० वर्षको उमेरमा पनि आफ्नो खेल जीवनलाई निरन्तरता दिने निर्णय गरेका छन्। फिफा विश्वकपपछि उमेरका कारण राष्ट्रिय टोलीबाट सन्यास लिन सक्ने अनुमान गरिएका बेला उनले आगामी खेलहरूका लागि उपलब्ध हुने घोषणा गरेका हुन्।
क्रोएसियाली फुटबल महासंघका अनुसार ४० वर्षीय मोड्रिचले यूईएफए नेसन्स लिगका आगामी खेलहरूका लागि राष्ट्रिय टोलीमा रहने जानकारी गराएका छन्। उनले प्रशिक्षक स्लाभेन बिलिच र महासंघका अध्यक्ष मारिजान कुस्टिचलाई आफू राष्ट्रिय टोलीबाट खेल्न तयार रहेको बताएका हुन्। मोड्रिचले अब चेकिया, स्पेन र इंग्ल्यान्डविरुद्ध हुने नेसन्स लिगका महत्त्वपूर्ण खेलहरू खेल्नेछन्। उनले हालसम्म क्रोएसियाका लागि २०२ वटा अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। क्लब फुटबलतर्फ मोड्रिच हाल इटालियन क्लब एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहेका छन् भने जारी सिजनमा उनले दुई खेल खेलिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)