चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ । सर्लाहीमा चोरीका गरगहना खरिद गरेको आरोपमा एक ज्वेलर्स सञ्चालक पक्राउ परेका छन्। जिल्लाको पर्सा गाउँपालिका–२, संग्रामपुरस्थित मौजे ज्वेलर्सका सञ्चालक विश्वनाथ साह सोनारलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।
चोरीको घटनामा संलग्न भई पक्राउ परेका एक व्यक्तिले दिएको बयानका आधारमा अनुसन्धान गर्ने क्रममा साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार चोरी गरी ल्याइएका गरगहना कम मूल्यमा खरिद गरेको आशङ्कामा उनीमाथि थप अनुसन्धान भइरहेको छ। अनुसन्धानकै क्रममा प्रहरीले चोरी भएका भनिएका केही गरगहनासमेत बरामद गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)