कोशी ब्यारेजमा रातो बत्ती बल्यो, सप्तकोशीका २४ ढोका खोलिए
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेर दुई लाख क्युसेक प्रतिसेकेन्डभन्दा माथि पुगेको छ। पानीको बहाव उच्च भएपछि सुनसरीस्थित कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ।
सुनसरी प्रहरीले दिएको जानकारीअनुसार सोमबार दिउँसो १२:१५ बजे गरिएको मापनमा कोशी ब्यारेज भएर २ लाख ७ हजार ४३५ क्युसेक प्रतिसेकेन्डका दरले पानी बगिरहेको छ। नदीमा पानीको बहाव बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोशी ब्यारेजका मुख्य ५२ र नहरका ४ गरी कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलेर पानीको निकास व्यवस्थापन गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)