बाढीको बाह्रौँ दिन पनि खोज तथा उद्धार जारी, एक हजार ३४२ शव फेला [भिडियो]
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि बाह्रौँ दिनसम्म पनि खोज, उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, विभिन्न प्राविधिक टोली तथा विदेशी विज्ञहरू उद्धार कार्यमा अझै पनि सक्रिय रूपमा खटिरहेका छन्। प्रभावित क्षेत्रका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा खोजी कार्यलाई निरन्तरता दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)