विश्वकपबाट बाहिरिएपछि भावुक बने रोनाल्डो
canadanepal.com · Tue Jul 07 00:49:00 GMT 2026
डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका महानायक क्रिस्टियानो रोनाल्डोको प्रतिष्ठित विश्वकप खेल जीवनको अन्त्य भएको छ । अन्तिम १६ को खेलमा स्पेनसँग १–० ले पराजित भएसँगै ४१ वर्षीय रोनाल्डोले इतिहासकै सबैभन्दा ठूलो मञ्चबाट आँसुसहित बिदा लिएका हुन् ।
निर्धारित समयभर गोलरहित रहेको खेलको इन्जुरी समयमा मिकेल मेरिनोले गरेको एकमात्र गोल स्पेनको जितका लागि निर्णायक बन्यो। रोड्रिको छिटो फ्रि–किकपछि फेरान टोरेसले दिएको सटिक पासलाई मेरिनोले सदुपयोग गर्दै पोर्चुगलको आशा समाप्त पारिदिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)