नयाँ प्रणालीबाट विद्युतीय राहदानी
barnanmedia.com · Tue Jul 07 00:34:39 GMT 2026

अब सरकारले वितरण गर्ने विद्युतीय राहदानी नयाँ प्रणालीमार्फत नागरिकले पाउने भएका छन् । नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको राहदानी विभागले जनाएको छ ।
विगतमा फ्रान्सको आइडिया कम्पनीको प्रविधिमार्फत वितरण हुँदै आएको विद्युतीय राहदानी अब जर्मनीका दुई कम्पनीको सहकार्यमा छापिने गरी नयाँ प्रणालीमा प्रवेश गर्न लागेको हो । हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदै गर्दा जिल्ला तथा इलाका प्रशासन कार्यालय एवं विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने भनी विभागले गत फागुन २८ गते सेवाग्राहीका नाममा सूचना जारी गरेको थियो । उक्त सूचना स्मरण गराउँदै अब छिट्टै नयाँ प्रणालीमार्फत राहदानी वितरण हुने विभागले प्रस्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)