सामाजिक सञ्जालमा 'पोस्ट' गर्नुअघि रोकिन र सोच्न विज्ञहरूको सुझाव
annapurnapost.com · Fri Aug 28 08:38:46 GMT 2026

काठमाडौं : डिजिटल प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रभावका बिच कुनै पनि सामग्री पोस्ट वा सेयर गर्नुअघि सोचविचार गर्न र रोकिन विज्ञहरूले सुझाव दिएका छन्। सेन्ट जेभियर्स कलेज, माइतीघरद्वारा आयोजित ‘मिडियाटक शृङ्खला–४२’ कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा अधिकारकर्मीहरूले डिजिटल प्लेटफर्ममा जिम्मेवार सञ्चारको आवश्यकता औंल्याएका हुन्।
कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोरले सामाजिक सद्भाव र सहअस्तित्वका लागि विचारको विविधतालाई स्वीकार गर्नुपर्नेमा जोड दिए। प्रकृतिमा विभिन्न प्रजातिहरू मिलेर रहने उदाहरण दिँदै उनले भने, ‘प्रकृतिले एउटै प्रजाति मात्र हुर्काउँदैन। त्यसैगरी सामाजिक सद्भावका लागि फरक विचार र आवाजलाई सम्मान गर्नुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)