रसुवा बाढी प्रभावितका लागि किसान सहकारीले ७ लाख ५१ हजार दिने
annapurnapost.com · Fri Aug 28 08:37:10 GMT 2026

काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यका लागि किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ७ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। संस्थाका सञ्चालक तथा कर्मचारीहरूले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन्।
भोटेकोशी नदीमा आएको भीषण तथा आकस्मिक बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्कालीन राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको सहकारीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)