दाङमा ३७ जनाको डिएनए परीक्षणका लागि नमूना संकलन
gorkhapatraonline.com · Mon Sep 07 14:19:40 GMT 2026

घोराही, भदौ २२ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका दाङका ५४ जनामध्ये ३७ जनाको परिवारको डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको छ । बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा रहेका परिवारका सदस्यले डिएनए परीक्षणका लागि सोमवार रगतको नमूना दिएका हुन ।
घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १४ जना र तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पतालमा २३ जना गरी ३७ जनाको रगतको नमुना संकलन गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिनुभएको छ । उहाँका अनुसार सम्पर्कविहीन आफन्तको खोजीका लागि डिएन संकलन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)