बाढीपीडितका लागि विराटनगर महानगरको एक करोड सहयोग
gorkhapatraonline.com · Mon Sep 07 14:22:13 GMT 2026

मोरङ, भदौ २२ गते । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ । महानगरपालिकाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको पारिश्रमिकबाट रकम कटौतीसँगै विपद् व्यवस्थापन कोषबाट रकम व्यवस्थापन गरी बाढीपीडितका लागि उक्त सहयोग जुटाएको हो ।
महानगरका मेयर नागेश कोइरालाले प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई काठमाडौं पठाएर सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड एक हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)