कारागारबाटै ‘केजीएफ च्याप्टर–२’ को लागूऔषध सञ्जाल ! १७ हजार ४ सय ट्रामाडोलसहित दुई जना च्यासलबाट पक्राउ
nepallive.com · Mon Sep 07 14:22:57 GMT 2026

ललितपुर– कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय क्याप्सुल ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको कमाण्डमा परिचालित टोलीले विशेष सूचनाका आधारमा २०८३ भदौ २२ गते दिउँसो करिब ३:३० बजे ललितपुर महानगरपालिका–९ च्यासलमा कारबाहीका क्रममा पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)