‘ग्रिन आर्मी’लाई नाम परिवर्तन गर्न पत्राचार
barnanmedia.com · Mon Sep 07 14:13:31 GMT 2026

भोटेकोसी बाढीपछि चर्चा र विवादमा आएको ‘ग्रिन आर्मी’लाई नाम परिवर्तन गर्न पत्राचार गरिएको छ।
कम्पनी रजिस्ट्रारको कार्यालयले ३५ दिनभित्र नाम परिवर्तन गर्न सोमबार पत्र पठाएको ग्रिन आर्मीका प्रमुख सविन शर्माले बताए। ‘हुन त हामीले पहिल्यै छलफल पनि गरिसकेका थियौँ। तर आज कम्पनी रजिस्ट्रारको कार्यालयले ३५ दिनको म्याद दिएको छ,’ शर्माले नेपालखबरसँग भने, ‘जनताले प्रश्न उठाएपछि आर्मी शब्द फेरबदल गर्नेबारे बोर्डमा छलफल भइसकेको छ। तर कुन नाम राख्ने भन्ने निश्कर्षमा पुगिसकेका छैनौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)