सीटीईभीटीका डिप्लोमा तथा प्रमाणपत्र तहका सबै परीक्षा स्थगित
kendrabindu.com · Mon Sep 07 14:32:56 GMT 2026

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले देशभर सञ्चालन हुने डिप्लोमा तथा प्रमाणपत्र तहका सम्पूर्ण परीक्षा स्थगित गरेको छ ।
कार्यालयले सोमबार सूचना जारी गर्दै भदौ २३ गते बिहान ७ बजेदेखि सञ्चालन गर्ने तय भएका वार्षिक तथा सेमेस्टर प्रणालीअन्तर्गतका नियमित र आंशिक परीक्षा विशेष परिस्थितिका कारण स्थगित गरिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)