रसुवा जाने नयाँ वैकल्पिक सडक सञ्चालनमा
annapurnapost.com · Mon Sep 07 14:29:26 GMT 2026

काठमाडौं : रसुवामा यातायात पहुँच कायम गर्न वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। भोटेकोशी बाढीले त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि सरकारले वैकल्पिक सडक सञ्चालनमा ल्याएको हो।
पूर्वाधार विकास मन्त्रालयका अुनसार ढिकुरे (मध्यपहाडी राजमार्ग)-फेदीबेसी चोक-हिरामुनिटार-चोगते-बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटिखर्क-भोर्ले-जिबजिबे-बोगटीटार (पासाङल्हामु राजमार्ग)-कालिकास्थान-धुन्चे सडकअन्तर्गत बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटिखर्क खण्डमा एक्साभेटर, टिपर प्रयोग गरी पहिरो पन्छाउने, सडक सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने, साँघुरा स्थानमा सडक चौडा गर्ने, ग्राभेल राख्ने, कल्भर्ट निर्माण गर्नेलगायतका मर्मत तथा सुधारका काम गरिएको छ। योसँगै उक्त खण्डमा ठूला सवारी साधन दुईतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्था बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)