बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र ५२ करोड रुपैयाँ राहत
aarthiknews.com

काठमाडौं । बर्डफ्लुबाट प्रभावित किसानलाई एक साताभित्र करिब ५२ करोड रुपैयाँ राहत उपलब्ध गराइने भएको छ। पशुसेवा विभागले रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्तिस्वरूप ११ जिल्लाका किसानलाई उक्त रकम वितरण गर्ने तयारी गरेको हो।
विभागका प्रवक्ता मुकुल उपाध्यायका अनुसार बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको मूल्याङ्कनका आधारमा प्रमाणित क्षतिको ७५ प्रतिशत रकम राहतस्वरूप सम्बन्धित किसानको बैंक खातामा एक साताभित्र जम्मा गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)