विद्युत् आयोजना क्षेत्रमा खोज तथा उद्धार जारी, सुरुङभित्रबाट ६ शव र ३ जनाको उद्धार
nepalviews.com · Mon Sep 07 14:41:17 GMT 2026

काठमाडौं । भदौ १० गते रसुवागढीको करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको ५६ सय मिटर उचाइबाट गएको हिमपहिरोपछि भोटेकोशी नदीमा आएको लेदोसहितको आकस्मिक बाढीबाट प्रभावित विद्युत् आयोजना क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको प्रधानमन्त्री बालेन शाहले बताएका छन् ।
प्रधानमन्त्री शाहले प्रभावित विद्युत् आयोजना क्षेत्रबाट धेरै मानिस सम्पर्कविहीन भएकाले सुरुआतदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको बताएका छन् । खोज कार्यमा भारत, चीन र कोरियाबाट आएका विशेषज्ञ टोलीले समेत सहयोग गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)