प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री भट्टबिच भेटवार्ता
gorkhapatraonline.com · Mon Sep 07 14:48:14 GMT 2026

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री खगराज भट्टबिच आज भेटवार्ता भएको छ । प्रदेश प्रमुखको कार्यालयमा दुवैबिच भेटवार्ता भएको हो ।
सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि त्यसको बारेमा जानकारी गराउनका लागि मुख्यमन्त्री भट्ट प्रदेश प्रमुखको कार्यालय पुग्नु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)