इरान–अमेरिका सम्झौताका सम्भावित ‘साइड इफेक्ट’
shilapatra.com · Mon Jun 15 15:44:00 GMT 2026

अमेरिका र इजरायली हमलापछि झण्डै साढे ३ महिना चलेको युद्ध कसले जित्यो ? अनि कसले घुँडा टेकेपछि भयो सम्झौताको सहमति ? यो सम्झौताका परिणाम के हुन सक्छन् ? यतिबेला संसारभर शान्ति सम्झौताको सहमतिको स्वागतसँगै शंका व्यक्त भइरहेको छ ।
संसारमा अक्सर यस्ता आधुनिक युद्ध हुँदैनन्, जहाँ कुनै देश सिधा हारेको होस् र कुनै देशले सिधा जितेको देखियोस् । अमेरिका–इजरायल र इरानबीच भएको युद्ध पनि यस्तै युद्ध हो, जसमा फुटबलमा जस्तो गोल अन्तरको हार वा जित जसरी स्पष्ट भन्न कठिन छ । जसरी फुटबलमा गोल नभई बल पोजिसन वा ‘सुट अन टार्गेट’का आधारमा हार जित हुँदैन, त्यसरी नै इरान र अमेरिकाबीचको युद्धमा पनि खुला आँखाले जित वा हारको विश्लेषण गर्न गाह्रो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)