दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु
kendrabindu.com · Tue Jul 07 01:36:33 GMT 2026

ढाका । भारी वर्षाका कारण दक्षिण–पूर्वी बङ्गलादेशको कोक्स बजार जिल्लामा रहेका रोहिङ्ग्या शिविरहरूमा सोमबार बिहान गएको पहिरोमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृतकमध्ये सात जना दुई परिवारका सदस्य रहेको प्रहरीले अधिकारीले बताएका छन्।
कोक्स बजार जिल्लाका प्रहरी अधीक्षक एएनएम शजादुर रहमानले सिन्ह्वालाई बताएअनुसार भारी बर्षापछि पहिरोमा परी आठ जनाको मृत्यु रोहिङ्ग्या शरणार्थी शिविरमा भएको र अन्य एक जनाको मृत्यु कोक्स बजार नगरपालिकामा भएको छ। उनले भने, “पहिरोका कारण शिविरमा धेरै घरहरू पनि क्षतिग्रस्त भएका छन्।”
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)