सुस्त औद्योगिक उत्पादन : विद्युत्ले धान्यो अर्थतन्त्र
baahrakhari.com · Tue Jul 07 01:41:06 GMT 2026

काठमाडौं । नेपालको औद्योगिक उत्पादन र सार्वजनिक प्रशासन क्षेत्रमा गिरावट देखिए पनि ऊर्जा क्षेत्रको वृद्धिले समग्र मुलुकको आर्थिक वृद्धिदरलाई ३.५१ प्रतिशतमा पुर्याएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा विद्युत्, ग्यास तथा नवीकरणीय ऊर्जा क्षेत्रमा २४.८८ प्रतिशतको उच्च वृद्धि भएको छ, जसले अन्य सुस्त क्षेत्रहरूको असरलाई सन्तुलनमा राखेको छ ।
कार्यालयले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (माघ, फागुन र चैत्र) राष्ट्रिय लेखा तथ्यांकले यस्तो देखाएको हो । यसबीच विद्युत् र वित्तीय क्षेत्रको सुधारले अर्थतन्त्र चलायमानमा सहज भएको प्रतिवेदनले औँल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)