पोखरा उद्योग वाणिज्य संघमा पहिलो पटक महिला नेतृत्व : शोभा गौतम विजयी
annapurnapost.com · Mon Sep 07 15:08:19 GMT 2026

पोखरा : पोखरा उद्योग वाणिज्य संघमा शोभा गौतम विजयी भएकी छन् । संघको ३६ औं अधिवेशनबाट संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको हो। गौतमले ७५१ मत पाएर विजयी भइन्। अर्जुन पोखरेलले ६३७ मत पाए। अर्का प्रतिस्पधी उत्तम मान बुद्धाचार्यले ६०१ मत पाउँदा बलराम आचार्यले २३५ मत पाएका छन्।
२६ वर्ष पहिले चिया पसलबाट सुरु भएको नव निर्वाचित अध्यक्ष गौतमका व्यवसायीक यात्रा त्यसपछि ब्युटी पार्लर व्यवसाय हुँदै अहिले सुप्रिम सप्लायर्समार्फत लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि र ग्रोसरी जस्ता विविध क्षेत्रमा सक्रिय छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)