महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नगर्न आङ्देम्बेको १० बुँदे प्रस्ताव
ratopati.com · Mon Sep 07 15:31:55 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको १५औँ महाधिवेशनलाई नेतृत्व चयनको प्रक्रियामा सीमित नगरी वैचारिक पुनर्जागरण र संगठनात्मक रूपान्तरणको ऐतिहासिक अवसर बनाउन १० बुँदे प्रस्ताव अघि सारेका छन् ।
सोमबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफ्नो धारणा राख्दै आङ्देम्बेले कांग्रेसको अहिलेको मुख्य संकट नेतृत्वको नभई ‘राजनीतिक प्रयोजन’को संकट भएको बताएका छन् । २१औँ शताब्दीको नेपालमा नेपाली कांग्रेस किन आवश्यक छ भन्ने प्रश्नको स्पष्ट उत्तर खोज्नुपर्ने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)