भोटेकोसी बाढीपीडितका लागि टेलिकम कर्मचारीद्वारा दुई करोड सहयोग
nepalnews.com · Mon Sep 07 15:40:18 GMT 2026

काठमाडौँ। नेपाल टेलिकमका कर्मचारीले भोटेकोसी बाढी प्रभावितका लागि दुई करोड रुपैयाँ सहयोग गरेका छन्। टेलिकमका कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गरेका हुन्।
सोमबार आयोजित एक कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सहयोग रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन्। रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कर्मचारीको तर्फबाट उक्त सहयोग उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)