त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी
nagariknews.nagariknetwork.com · Mon Sep 07 15:42:04 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर आएका शव तथा बेपत्ता व्यक्तिको खोजीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले खोज तथा उद्धारलाई तीव्रता दिएको छ । बाढीपछि तनहुँको आँबुखैरेनी र देवघाट क्षेत्रमा त्रिशूली नदी किनारमा ३९ शव फेला परिसकेका छन् ।
खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली तनहुँमा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, बन्दीपुर, देवघाट, साराङघाट तथा अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलको प्रहरी टोलीसमेत संयुक्त रूपमा खोजी कार्यमा खटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)