चौघेरा मठको संरक्षणमा प्रदेश सरकारको योगदान रहन्छ: मुख्यमन्त्री आचार्य
gorkhapatraonline.com · Fri Aug 28 08:47:26 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घोराही उपमहानगरपालिका १७, चौघेरास्थित ऐतिहासिक सिद्धरत्ननाथ मठको संरक्षण र विकासमा प्रदेश सरकारले निरन्तर योगदान गर्ने बताउनुभएको छ ।
जनै पूर्णिमा (रक्षाबन्धन)का अवसरमा गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा आयोजित महाभण्डारा तथा रोट प्रसाद ग्रहण कार्यक्रममा सहभागी हुनुभएका मुख्यमन्त्री आचार्यले मठको अवलोकन गर्दै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)