प्रधानमन्त्री राहत कोषमा बीस लाख
nagariknews.nagariknetwork.com · Fri Aug 28 08:34:15 GMT 2026

रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ।
संस्थाका प्रिन्सिपल पुरनबहादुर जोशीले रु १५ लाख र शिक्षक तथा कर्मचारीले स्थापना गरेको कोषबाट रु पाँच लाख गरी २० लाख दाखिला गरेको हो। राष्ट्र विपद्मा परेका बेला नागरिकले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने भन्दै प्रधानमन्त्री राहत कोषमा उक्त रकम दाखिला गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)