ज्यान मुद्दामा जेल, जेलबाट भागेर खैरो हेरोइन कारोबार
ratopati.com · Mon Sep 07 16:04:12 GMT 2026

काठमाडौँ । ज्यान मुद्दामा जेल परेका एक जना युवक त्यहाँबाट भागेर खैरो हेरोइन कारोबारमा लागेको भेटिएको छ । काभ्रेको पाँचखाल नगरपालिका–१२ घर भएका २९ वर्षीय निशान्त रसाइली मकवानपुरको भिमफेदी कारागारमा थिए ।
जेनजी आन्दोलन हुँदा गत वर्ष भदौ २४ मा उनी जेल तोडेर फरार भए । ठिक एक वर्षपछि प्रहरीले उनलाई लागुऔषध खैरो हेरोइन सहित पक्राउ गरेको छ । भदौ १८ मा काठमाडौँको चन्द्रागिरिबाट पक्राउ परेका रसाईलीको साथबाट ६४ ग्राम ७८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)