पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन
khabarhub.com · Mon Sep 07 16:03:24 GMT 2026

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात पुनः सञ्चालनमा आएको छ।
भदौ १० गते आएको बाढीका कारण सडक क्षतिग्रस्त भई आवागमन अवरुद्ध भएको थियो। सडकमा थुप्रिएको अवरोध हटाएपछि सोमबार साँझदेखि सवारी साधनहरू दुईतर्फी सञ्चालन हुन थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)