हारले भावविह्वल रोनाल्डो
himalpress.com · Tue Jul 07 02:34:06 GMT 2026
काठमाडौँ- विश्वकप २०२६ को क्वार्टरफाइनल पुग्नुअगावै पोर्चुगल बाहिरियो। सोमबार रातिको खेलमा स्पेनसँग १–० गोलले पोर्र्चगल हार्दा पोर्चुगिज फुटबलका महानायक क्रिस्टियानो रोनाल्डो स्तब्ध बने। विश्वकप नजिताएको सधैँ आरोप लागिरहेका रोनाल्डो अब पनि यो प्रश्नबाट बच्ने छैनन्। खेल जीवनकै उत्तरार्धमा रहेका उनको टोलीको प्रदर्शन सन्तोषकजनक रहेन। त्यसो त स्पेनसँगको हारपछि रोनाल्डोका अनुहारले पनि यो कुरा भनेकै थियो। ४१ वर्षीय रोनाल्डोले इतिहासकै सबैभन्दा ठूलो मञ्चबाट आँसुसहित बिदा लिएका हुन् ।
डलास स्टेडियमको चारैतिर हेर्दै, दर्शकलाई ताली बजाएर धन्यवाद दिँदै र हातमा क्याप्टेनको आर्मब्यान्ड समातेर चेन्जिङ रुमतरफ जाँदै गर्दा रोनाल्डोका आँखा रसाएका थिए । उनले पत्रकारसँग भने, “यसरी विश्वकपबाट बाहिरिनु पर्दा म निकै दुःखी छु । मैले आफ्नो तर्फबाट सबैथोक दिएँ, उत्कृष्ट प्रयास गरेँ र अब म सफा मन लिएर मैदानबाट निस्किँदै छु । यो मेरो अन्तिम विश्वकप थियो, तर म अन्तर्राष्ट्रिय फुटबलबाटै संन्यास लिनेबारे अहिल्यै कुनै हतारोमा निर्णय गर्ने छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)