बर्खासँगै बढ्दै सर्पदशंका बिरामी
nagariknews.nagariknetwork.com · Tue Jul 07 02:53:10 GMT 2026

बखायामसँगै विभिन्न भागमा सर्पदशंका घटना बढेका छन्। गत वैशाख र जेठमा मात्रै इटहरीस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा २८४ जनाको उपचार भएको छ। दुई महिनामा सर्पले डसेका १४९ महिला र १३५ पुरुषको उपचार केन्द्रमा भएको हो। वैशाखमा ११३ जना र जेठमा १७१ जना सर्पदंशका बिरामीको उपचार भएको हो। नेपाली सेनाको इटहरीस्थ्ति पूर्वी पृतना मुख्यालयले एमडी डाक्टरको नेतृत्वमा उक्त केन्द्रबाट सेवा दिँदै आएको छ।
केन्द्रमा पूर्वी तराई सुनसरी, मोरङ, उदयपुरसँगै पहाडी जिल्ला संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुमलगायतबाट सर्पले डसेका बिरामी उपचार गर्न आउने समुदाय स्तरबाट केन्द्र सञ्चालन गर्ने जिम्मेवारी पाएको समितिका उपाध्यक्ष राजु थापाले बताए। केन्द्रमा २०६९ सालदेखि उपचार हुँदै आएको छ। २०६९ सालदेखि २०८२ सालसम्म १८ हजार ८३ जना सर्पदंशका बिरामीको उपचार गरिएको तथ्यांक छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)