चीनका वाणिज्य उपमन्त्री यान दोङ उच्चस्तरीय टोलीसहति काठमाडौंमा
nepalviews.com · Tue Jul 07 03:18:18 GMT 2026

काठमाडौं । चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री यान दोङ ६ सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै सोमबार बेलुका काठमाडौं आइपुगेका छन्। नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुन उनी नेपाल सरकार, अर्थ मन्त्रालयको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टीका नेतासमेत रहेका उपमन्त्री दोङ चीनको ग्वान्जाउ हुँदै चाइना सदर्न एयरलाइन्सको विमानबाट काठमाडौं ओर्लिएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)