दमौली–केशवटार–बुद्धसिंह सडक स्तरोन्नति गरिँदै
ratopati.com · Mon Sep 07 17:04:03 GMT 2026

तनहुँ । सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँको व्यास नगरपालिका–१४ तथा बन्दीपुर गाउँपालिका–३ र ६ अन्तर्गत पर्ने दमौली–केशवटार–सुखौरा–ढाँडखोला–खहरे(बुद्धसिंह मार्ग सडक स्तरोन्नतिका लागि रु १५ करोड बजेट विनियोजन गरेको छ । सोही अनुसार सडकको विभिन्न खण्डमा छुट्टाछुट्टै बजेट परिचालन गरी स्तरोन्नतिको काम अघि बढाउने तयारी गरिएको हो ।
विनियोजित रकममध्ये दमौली–केशवटार–सुखौरा खण्डको स्तरोन्नतिका लागि रु १३ करोड र ढाँडखोला–खहरे–बुद्धसिंह सडक खण्डका लागि रु दुई करोड खर्च गर्ने गरी योजना अघि बढाइएको छ । सडक स्तरोन्नतिका लागि आवश्यक लागत अनुमान तयार गरी बोलपत्र प्रक्रिया अघि बढाउन सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय, पोखरालाई सिफारिस गर्ने निर्णय गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)