इरानमा बन्धक रहेका अमृत झाको रिहाइ कहिले ?
barnanmedia.com · Fri May 22 22:17:14 GMT 2026

इरानमा पानीजहाज सहित पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै हिरासतमै रहेका छन् । इरानको बन्दर अब्बासस्थित जेलमा रहेका झाको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार झासम्बन्धी मुद्दा हाल इरानको स्थानीय अदालतमा विचाराधीन छ र त्यसको टुंगो इरानी कानुनअनुसार हुनेछ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले झाको निष्पक्ष सुनुवाइ र रिहाइका लागि उपलब्ध सबै माध्यमबाट निरन्तर पहल भइरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)