नबिल दिगो बैङ्किङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
hamrakura.com · Tue Jul 07 00:00:00 GMT 2026
काठमाडौँ। नबिल बैङ्क लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ। दिगो बैङ्किङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि सुरु ‘नबिल ग्रिन विक’ साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाइएको बैङ्कले जनाएको छ।
नबिल दिगो बचत खाता तथा दिगो बैङ्किङको वार्षिकोत्सवका अवसरमा काठमाडौँको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपिएको बैङ्कको भनाइ छ। नबिल बैङ्क तथा लुम्बिनी वल्र्ड पिस फोरम नेपालको सहकार्यमा भएको कार्यक्रममा काठमाडौँको टोखा नगरपालिका–२ का वडा कार्यालयले संरक्षण गर्ने गरी वृक्षारोपण सम्पन्न गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)