भोटेकोशी बाढीमा बेपत्ता मजदुरको सम्झनामा दीप प्रज्वलन
ratopati.com · Mon Sep 07 17:24:10 GMT 2026

काठमाडौँ, २२ भदौः भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता रहेका यातायात व्यवसायी, मजदुर र सर्वसाधारणको सम्झनामा नेपाल अरनिको यातायात सेवा प्रालि दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौँको जडीबुटीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जली तथा स्मृति सभामा नेपाल अरनिको यातायात सेवा प्रालिका अध्यक्ष हरिभक्त श्रेष्ठ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, महासङ्घका पूर्वअध्यक्ष विजयबहादुर स्वाँरलगायतले दीप प्रज्वलन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)