सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै
nagariknews.nagariknetwork.com · Tue Jul 07 03:56:30 GMT 2026

सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बैठक बस्दैछ। प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा बजेट तथा बजेटसँग सम्बन्धित विनियोजन विधेयकलगायत प्रस्ताव टेबल गर्ने सम्भावित कार्यसूची छ।
यसैगरी महालेखापरीक्षक कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेसी आयोगको वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची रहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)