वर्ल्डलिंकद्वारा बाढीपीडितलाई १ करोड १ लाख रुपियाँ सहयोग
gorkhapatraonline.com · Mon Sep 07 17:33:58 GMT 2026

भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोमा परेर प्रभावित भएकाहरुका लागि इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपियाँ सहयोग गरेको छ ।
वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । विपद्को यस समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि वर्ल्डलिंकले सो रकम प्रदान गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)