बाढी प्रभावितका लागि अखिल क्रान्तिकारीद्वारा ‘क्लोथ बैंक’ सञ्चालन
nepalpress.com · Fri Aug 28 08:59:40 GMT 2026

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई राहतस्वरूप कपडा उपलब्ध गराउने उद्देश्यले नेकपानिकट अनेरास्ववियू (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले तीनकुनेमा ‘क्लोथ बैंक’ सञ्चालन गरेको छ।
प्राकृतिक विपद्का कारण समस्यामा परेका परिवारहरूसम्म आवश्यक कपडा संकलन गरी वितरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा सर्वसाधारण, विद्यार्थी, शुभेच्छुक तथा विभिन्न संघ–संस्थालाई प्रयोगयोग्य र सफा कपडा सहयोग गर्न समितिका इन्चार्ज निरोज श्रेष्ठले आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)