सामसुङको नाफामा ऐतिहासिक छलाङ
ratopati.com · Tue Jul 07 04:22:57 GMT 2026

काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिसँग सम्बन्धित मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा बढेसँगै दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले दोस्रो त्रैमासिक परिचालन नाफामा ऐतिहासिक उछाल आउने प्रक्षेपण गरेको छ ।
कम्पनीले मङ्गलबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार अप्रिल–जुन अवधिमा परिचालन नाफा ८९४ खर्ब वोन (५८ अर्ब ४० करोड अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा एक हजार ८१० प्रतिशत अर्थात् करिब १९ गुणाले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)