काठमाडौँ र पोखरामा वर्षाको सम्भावना ६० प्रतिशत
ratopati.com · Tue Jul 07 04:23:38 GMT 2026

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसारअनुसार मंगलबार देशका प्रमुख क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ। पूर्वानुमानअनुसार आज दिउँसो धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, पोखरा, काठमाडौँ, ओखलढुङ्गा, जिरी र ताप्लेजुङमा वर्षा हुने सम्भावना ६० प्रतिशत छ।
यी सहरहरूका साथै डडेल्धुरा, दिपायल, जुम्ला, घोराही, धनकुटा, विराटनगर र धरानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। भैरहवा, सिमरा, जोमसोम र जनकपुरमा भने दिउँसो हल्का वर्षा मात्र हुने पूर्वानुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)