मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः ज्ञवाली
gorkhapatraonline.com · Mon Sep 07 18:03:52 GMT 2026

मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीपकुमार ज्ञवाली चयन हुनुभएको छ । हालै सम्पन्न प्रतिष्ठानको ३२ औँ वार्षिक साधारणसभाले ज्ञवालीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा कृष्णहरि थापा, महासचिवमा मधु तिमिल्सिना, सचिवमा विदुरप्रसाद ढुङ्गाना, कोषाध्यक्षमा सुरेश चापागाईं तथा सदस्यमा सुरेशप्रसाद निरौला, श्रीकृष्ण चापागाईं, सुदर्शन चापागाईं, दिव्याकुमारी घिमिरे, मणिराम फुयाँल, झुमा देवान नेपाल, नारायणप्रसाद आचार्य, डा. श्री निरोज पौडेल, सृष्टि भट्टराई र विवेक थपलिया चयन हुनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)